Comments Add Comment

अदालतमा ‘टाइम कार्ड’को व्यवस्था

Court८ असोज, म्याग्दी । जिल्ला अदालत म्याग्दीले सेवाग्राहीको सुविधा र सहजताका लागि ‘टाइम कार्ड’को व्यवस्था गरेको छ ।

मुद्दा फैसला नहुँदासम्म कुन दिन के हुन्छ भन्ने जानकारीसहितको समय तालिका वादी र प्रतिवादी पक्षलाई उपलब्ध गराउन थालिएको जिल्ला न्यायाधीश रामप्रसाद शर्माले जानकारी दिए ।

मुद्दा अनिश्चित हुन्छ भन्ने सेवाग्राहीको धारणामा परिवर्तन ल्याउँदै उनीहरुको सहजता र सुविधाका लागि गत साउनदेखि मुद्दा दर्ता भएकै दिन समय तालिका उपलब्ध गराउन थालिएको हो ।

एसएमएसबाट मुद्दा कारबाहीको अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाएको अदालतले संवेदनशील विषयका मुद्दाको छिटो फैसला गर्न निरन्तर सुनुवाइ गर्ने गरेको छ ।

यसैबीच अदालतबाट प्रवाह हुने सेवा र न्यायिक प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले शुक्रबार बेनीमा नागरिक समाज र पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश शर्माले न्यायमा आम नागरिकको पहुँच बढाउन राज्यका सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment