Comments Add Comment

मलेसियामा २८ दिनदेखि बेपत्ता डिल्लीराज मृत भेटिए

Dilli-Raj-Budha-1

क्वालम्पुर । बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपाली सम्पर्कबिहीन भएको २८ दिनपछि मृत फेला परेका छन् ।

सुर्खेत काफलकोट गाविस वडा नम्बर ३ घर भइ मलेसियाको निलाईमा रहेको एक इलेट्रोनिक्स कम्पनीमा कार्यरत डिल्लीराज वुढाको शव निलाइको वन्दरवारु विपिएमको जंगलमा फेला परेको हो ।

सोहि कम्पनीमा कार्यरत मृतकका भतिज मानवहादुर वुढाका अनुसार शव चिन्ने नसक्ने अवस्थामा रहेको छ ।

‘विभिन्न प्रमाणहरुको आधारमा मात्र ठम्याउन सकें’, उनले अनलाइनखवरसँग भने ‘अंकलले प्रयोग गरेको मोवाइल, पैसा, साँचोहरु सवै स्थानीय प्रहरी कार्यालयमा सुरक्षित रहेको छ ।’

मृतकको शव अहिले सेरेम्वान अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि पहल भैरहेको भतिजा मानबहादुरले जानकारी दिए ।

यो पनि पढनुहोस्

सुर्खेतका डिल्लीराज मलेसियामा वेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment