Comments Add Comment

इपीएलमा पञ्चकन्याको अविजित यात्रा जारी

१२ असोज, काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा शरद भेषावकारको टोली पञ्चकन्या तेजले लगातार तेस्रो जित निकाल्ने क्रममा कान्तिपुर गोर्खाजलाई ३४ रनले हराएको छ ।

Everest-Premier-League.कीर्तिपुर मैदानमा आज भएको खेलमा पञ्चकन्याले कान्तिपुरलाई हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको पञ्चकन्याले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । ६ रन जोड्दा सुरुवाती चार ब्याट्सम्यानलाई गुमाएको पञ्चकन्याका लागि मध्य र पुच्छार क्रमका ब्याट्सम्यानले केहि संहालेका थिए ।

उसका लागि पुष्प थापाले ३८, आरिफ शेखले ३२ र दिपेन्द्र ऐरीले २२ रन जोडे । कान्तिपुरका लागि अभिनाश बोहोराले ४ विकेट लिएका थिए ।

१ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको कान्तिपुर २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रनमै समेटियो । पन्चकन्याको किफायती बलिङ र उत्कृष्ट फिल्डिङसामु कान्तिपुरका ब्याट्सम्यान दवावमा आए । पन्चकन्याका ऐरीले शानदार बलिङ गर्दै ४ विकेट लिए ।

कान्तिपुरका संदिप झोराले अन्तिम सम्म क्रिजमा रहदै १७ रन बनाए भने सुबास खकुरेल, कप्तान बसन्तर रेग्मी र संतोष भट्टले समान १३-१३ रन बनाए ।

आफ्नो अपराजित यात्रालाइ कायम राखेको पन्चकन्या फाइनल नजिक पुगेको छ भने कान्तिपुरको संभावना न्युन बनेको छ । तालिकाको शीर्ष स्थानमा रहेको पन्चकन्याको तीन खेलबाट ६ अंक छ । कान्तिपुरले ४ खेलबाट तीन अंक बटुलेको छ ।

आजै भएको अर्को खेलमा पारस खड्काको बिशाल वारियर्सले शक्ति गौचनको जगदम्बा राइनोजलाइ डक वर्थ लुइस नियम अनुसार ७ विकेटले पराजित गर्‍यो ।

टस हारेर जगदम्बाले ब्याटिङ सुरु गरेपछि खेल वषर्ाका कारण केही समय रोकिएको थियो । त्यसपछि २० ओभर बाट १६ ओभरमा झारिएको खेलमा जगदम्बाले ६ विकेट गुमाउदै १ सय १० रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । बलिङ तर्फ रामनरेश गिरीले ३ विकेट लिए ।

डकवर्थ लुइस नियम अनुसार १ सय १४ रनको लक्ष्य पाएको वारियर्सले १३ ओभर ३ बलमा तीन विकेट गुमाउदै पुरा गर्‍यो । वारियर्सलाइ सहज जित दिलाउन पारसले अविजित ५६ रनको योगदान दिए । लगातार दोस्रो जित हात पारेको वारियर्स तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

लिगमा भोलि कान्तिपुर र कर्लस एक्स फ्याक्टर तथा पन्चकन्या र सगरमाथा लेजेन्ड बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment