Comments Add Comment

रुसद्वारा सिरियामा रक्षा मिसाइल तैनाथ

Russia-micile

रुसले सिरियाको टारटुस तटीय क्षेत्रमा रहेको नौसैनिक अखडामा आफ्नो एस ३०० हवाइ रक्षा मिसाइलको उपकरण पठाएको छ ।

रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेकोभले यसको पुष्टि गर्दै भनेका छन् कि नौसैनिक अखडामा हवाइ सुरक्षाका लागि मिसाइल उपकरण पठाइएको हो ।

पश्चिम सिरियामा बढ्दो तनावका बीच रुसले यो कदम उठाएको हो । पछिल्लो महिना सिरियामा शान्ति स्थापना गर्न गरिएको युद्धविराम केहि समयमै भंग भएको थियो ।

मेजर जनरल कोनासेकोभले भने, ‘एस ३०० उपकरण पूरै रक्षात्मक प्रणालीको हो र यसले कसैलाई पनि हानी पुर्‍याउने छैन ।

तर रुसले उठाएको यो कदमप्रति पश्चिमा मुलुकहरुभने सन्तुष्ट देखिनेछैनन् । रुसी रक्षा प्रवक्ताका अनुसार यो मिसाइल उपकरण समुद्री युद्धपोत मस्कोमा राखिएको मिसाइलजस्तै हो ।

सोमबार अमेरिकाले जिहादीबिरुद्ध संयुक्त कारबाही गर्नका लागि रुससँग हुने बार्ता स्थगित गरिदिएको थियो ।

अमेरिकाले रुसलाई युद्धबिराम लागू गर्न असफल भएको आरोप लगाएको छ । अमेरिकाले रुस र सिरियाली सरकारलाई अलेप्पोमा सर्वसाधारणमाथिको हमला तीव्र बनाएको आरोपसमेत लगाएको छ ।

यद्यपी रुसले यो आरोप अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment