Comments Add Comment

एनसेलले दियो श्रेष्ठलाई बाइक

bke-winner
१९ असोज, काठमाडौं । एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रालिका सञ्चालक प्रेम कृष्ण श्रेष्ठलाई मोटरसाइकल उपहार प्रदान गरेको छ । एमपि मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो ।

श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रममाझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो ।

रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रालि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो । यसअघि यो योजनाअन्र्तगत मित्रनगर, नयाँबसपार्कमा -काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका सञ्चालक दिनेश दुराले मोटरसाइकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment