Comments Add Comment

प्रवासी नेपाल एकता समाज मकाउ गठन

makauमकाउ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउको”तदर्थ समिति गठन भएको छ।

शिव शंकर चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ।मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टको हलमा मकाउमा कार्यरत रहेका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा नेपालको भातृसंगठन “राष्ट्रीय प्रजातान्त्रिक यूबा संगठन नेपालको केन्द्रीय सचिव” हिक्मत जंग कार्की,  बिशेष अतिथि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, अतिथिहरू नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्ब सभापति राम गुरूङ,नेपाली समाज मकाउका उपाध्यक्ष यूवराज न्यौपाने,तमु समाज हंगकंगका अध्यक्ष कमल गुरूङ थिए ।

कार्यक्रममा अतिथिहरूले मन्तब्यका क्रममा मकाउमा कार्यरत नेपालीहरूको बस्तुस्थितिका बारेमा चर्चा गर्नुका साथै देशको बर्तमान राजनिति अबस्था र संबिधान कार्यान्वयन बिषयमा चर्चा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरूले बडा दशै २०७३ सालको पावन अबसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीले मन्तव्यका क्रममा देशको राजनितिका बारेमा चिन्ता ब्यक्त गर्दै नेपालका राजनितिक दलहरू एक आपसमा मिलेर सहकार्य गर्दै देशलाई राजनिति निकाश दिई अहिले जटिल समस्या भनेको नेपालको संबिधानलाई कार्यान्वयन गर्नका लागि मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिए।

मकाउमा राप्रपा नेपालको बिदेश स्थित भातृ संगठन प्रबासी नेपाली एकता समाजको तदर्थ समिति गठन भएकोमा प्रमुख अतिथि हिक्मत जंग कार्कीले खुशी ब्यक्त गरे ।कार्यक्रमको सभापतित्व नरेश कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको उदधोषक झपट बहादुर खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment