Comments Add Comment

दशैंको वास्तविक स्वाद गाउँमै थियोः कृष्ण मल्ल

krishna-mallaसानो छँदा दशैंको जुन रमझम थियो । अहिले केहि पनि छैन । हरेक वर्ष दशैं आएपछि मेरो मन सिन्धुपाल्चोकको मिर्गुना पुगिहाल्छ ।

सुन्दा अहिलेका केटाकेटीलाई अचम्म लाग्न सक्छ । दशैंको वास्तविक स्वाद गाउमै थियो । गाउँ छाडेपछि स्वादले दशैं मान्न पाएकै छैन भन्दा पनि फरक पर्दैन ।

हरेक दशैंमा बा आमाले नयाँ लुगा कनिदिनु हुन्थ्यो । हामी त्यसै मख्ख पथ्र्यौ । किनकी त्यतिवेलाको समाज अहिलेको जस्तो फेशनेवल थिएन । प्राय स्कुले पोशाकलाई लै दशैंको लुगा मान्ने चलन थियो । वर्षमा एकजोर नयाँ लुगा सिलाउने चलन हुन्थ्यो । त्यो दशैंको छुट्टै मज्जा थियो ।

गाउँमा सम्भ्रान्त भनिनेहरुदेखि सामान्य नागरिकले समेत आफ्नो घरलाई रंग्याएर चिटिक्क बनाउने चलन हुन्थ्यो । कसैले रातो माटो लगाउथे त कोही कमेरो माटोले घर रंग्याउथे । हामी पनि घर रंग्याउनका लागि माटो र कमेरो लिन टाढा टाढासम्म जान्थ्यौ आमा दिदी र फुपुहरुसंगै । लगभग गाउँका सबै मान्छे उसैगरि लाईन लागेर जान्थे र खोलावाट कमेरो झिकेर ल्याउथे ।

पीङ दशैंको मनोरञ्जनको अर्को शसक्त माध्यन थियो । रोटे पीङ र लिंगे पिङ दुबै बनाउने चलन हुन्थ्यो । यस्तो काममा गाउँका साना ठूला सबैले सहयोग गर्थे ।

शहरमा त्यो केहि पनि पाईदैन । शहरमा घर रंगयाउनका लागि दसै तिहार वा अन्य कुनै चाडको जरुरी हुन्न । पिङ त सहरवासीले तस्विरमै हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ ।

टिका लगाउने र खाने शैलिमा पनि धेरै परिवर्तन आएको छ । गाउमा हुँदा दुई तीन घण्टा पर भएका आफन्तहरुको घरमा गएर टिका थाप्ले र बास बस्ने चलन थियो ।

काठमाडौंमा छुस्स एकछिन आयो टिका लायो गयो सकियो । न म कसैको घरमा गएर बास बस्छु  । न त मेरो घरमा आएर कोहि बस्छ ।

तास खेल्ने र रक्सि खाने वानी क्रमश शहरको दशैं संस्कार बन्दै गएकोमा म दुखी छु । यस्ता कार्यले दशैंको मौलिकतालाई छोप्दैन मात्रै हाम्रो संस्कृतिमाथी प्रश्न गर्ने काम पनि गर्छ । हामी आधुनिक हुनुपर्छ । तर, आधुनिक भयौ भन्दैमा पुराना सबै कुरा बिर्सन जरुरी छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment