Comments Add Comment

भाउजूको हत्यापछि देवरले विष पिए, बडादशैंका दिन परिवारै पक्राउ

Jail-Logo२६ असोज, गार्इघाट । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने सुवास कटुवालले दशैंका बेलामा भाउजूको हत्या गरेर विष सेवन गरेका छन् ।

सुवास हाल अस्पतालमा छन् भने प्रहरीले दशैंको टीकाका दिन मृतकका श्रीमानसहित परिवारका सबै सदस्यलार्इ नयन्त्रणमा लिएको छ ।

उदयपुरको बसाहा निवासी राजेन्द्र कटुवालकी श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिनअघि मोरङको सिजुवास्थित बेतौना जङ्गलमा हत्या भएको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान राजेन्द्रसहित ६ जना परिवारका सदस्यलाई पक्राउ गरेको हो ।

कसरी भयो घटना ?

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार राजेन्द्रका भाइ सुवास तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका थिए । उनले चार दिनअघि भाउजू भीमकुमारीलाई फोन गरेर सिजुवा बोलाएका थिए ।

देवरलार्इ भेट्न पुगेकी भाउजूलार्इ सोही दिन जङ्गलमा लगेर हत्या गरेको प्रहरीको दाबी छ ।

भाउजूको हत्यापछि विष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको छ ।

भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्नता रहेको आरोप भीमकुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई अनुसन्धानका लागि मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

घटनामा अन्यको संलग्नता भए नभएको खुलिसकेको छैन । तर, राजेन्द्रका घरपरिवारको सुरक्षाका साथै थप अनुसन्धानका लागि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए।

उता विष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजूको हत्या आफू एक्लैले गरेको प्रारिम्भक वयान दिएको प्रहरीको भनाइ छ ।

भीमकुमारीको हत्यामा को को संलग्न छन् भन्ने विषयमा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र चाँडै यसको वास्तविकता खुल्ने इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment