Comments Add Comment

प्रचण्ड, मोदी र शीको भेटबारे ओलीको टिप्पणीः भेट हुँदैमा वार्ता भनिँदैन (भिडियोसहित)

kp oli

१ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डमाथि कूटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

बिमिस्टेक सम्मेलनमा सहभागी हुने क्रममा संयोगवश भएको भेटघाटलाई त्रिपक्षीय भेटवार्ता भनि प्रचार गर्नु कूटनीतिक मर्यादाको उल्लंघन भएको उनले बताए ।

सोमबार पार्टी कार्यालय धुम्बराहीमा संक्षिप्त कुराकानी गर्दै एमोल अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीको सचिवालयले यस प्रकारका हावादारी कुरा गर्नु कूटनीतिक मर्यादा विपरित, स्तरहित र अशोभनीय कुरा हो । यसमा म दुःख मात्र व्यक्त गर्न सक्छु ।’

बिमिस्टेक सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयोजवश चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । चिनियाँ राष्ट्रपति सीसँगको भेटपछि होटल र्फकन कारगेड पर्खिनेक्रममा ‘लिडर लाउन्ज’ भएको भेटलाई प्रधानमन्त्रीको निजी सचिवालयले त्रिपक्षीय वार्ता भनेको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘नेपाल, चीन र भारतका बीचमा त्रिपक्षीय वार्ता भएको थिएन । यो त डिनरमा जान कारगेड पर्खिँदा एक ठाउँमा यसो भेला भएको हो । भेट हुने वित्तिकै त्यसलाई वार्ता भनिँदैन ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment