Comments Add Comment

तिब्बत सरकारका उपाध्यक्षसँग पूर्व उपप्रधानमन्त्री थापाको भेट

Kamal-Thapa-and-Tasi-Pemba

२ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मानसरोवर भ्रमणको क्रममा तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बासँग भेटवार्ता गरेका छन् ।

पूर्व गृह तथा उपप्रधानमन्त्री थापा पाँच दिन अघि कैलाश मानसरोवर भ्रमण गर्न तिब्बत गएका थिए । उनी मंगलबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा थापाले स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बा शिष्टाचार भेट गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । अध्यक्ष थापाको सम्मानमा उपाध्यक्ष पेम्बाले रात्रि भोज पनि आयोजना गरेका थिए ।

थापाले तिब्बतका अन्य नेताहरुसँग पनि भेटघाट गरेका थिए ।

तिब्बत भ्रमणमा अध्यक्ष थापाका परिवारसहित पार्टीका कोषाध्यक्ष उद्धव पौडेलको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment