+
+
Shares

थप पाँच भन्सार कार्यालयमा प्रभु बैंकको काउण्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १९:४७

२१ चैत, काठमाडौं । प्रभु बैंकले थप पाँच वटा अरिरिक्त भन्सार कार्यालयहरुमा काउण्टर स्थापना गर्ने भएको छ । सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल–भारत सीमामा रहेका थप पाँच भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोल्ने भएको हो ।

बिहीबार एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको

सम्झौताअनुसार बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा विस २०७६ बैशाखदेखि बैंकिङ काउण्टरहरु संचालनमा ल्याइ सेवा थालिसक्नेछ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसँगको सीमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुन जाने बिश्वास बैंकले लिएको छ ।

सेवा शुरु गरेसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिड. सेवाहरु प्राप्त गर्ने बैंकको भनाइ छ । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?