Comments Add Comment

कतै तपाईं पनि ‘टक्सिक रिलेशनसिप’को शिकार त हुनुहुन्न ?

तपाईंकी श्रीमातीको व्यवहार कस्तो छ ? तपाईंका श्रीमान्को प्रवृत्ति कस्तो छ ? यो प्रश्न किनपनि उठ्छ भने श्रीमान् र श्रीमतीले जबसम्म एकअर्कालाई बुझ्दैनन्, एकअर्कालाई खुला रुपमा स्विकार्दैनन्, एकअर्कालाई सम्मान गर्दैनन्, तबसम्म उनीहरुको सम्बन्ध बोझिलो भइरहन्छ ।

अक्सर दम्पतीबीच मनमुटाव हुने, गुनासो रहने, झै-झगडा हुने, दोषारोपण हुने कारण भनेको एकअर्कालाई राम्ररी नबुझ्नु नै हो ।

श्रीमान्-श्रीमतीले एकअर्कालाई बुझ्नैपर्छ । एकअर्काको खुसीका लागि आफ्नो खुसी त्याग्नुपर्छ । तब न, दाम्पत्य जीवन सुखमय हुन्छ । रसिलो र कसिलो हुन्छ । के तपाईंको दाम्पत्य यस्तै सुखमय त छ ?

टक्सिक रिलेशनसिप

‘टक्सिक रिलेशनसिप’ । तपाईं पनि यस्तै सम्बन्धको शिकार त हुनुहुन्न ?

सोच्नुहोस् त तपाईं आफ्नो पार्टनरको बारेमा के सोच्नुहुन्छ ? उनलाई कस्तो व्यवहार गर्नुहुन्छ ? उनीबाट के अपेक्षा गर्नुहुन्छ ?

हामी कहिले काहीँ आफ्नो सम्बन्धमा रमाउन सक्दैनौ । हामीलाई आफ्ना पार्टनर बोझिलो लाग्न थाल्छ । खराब लाग्न थाल्छ । तर, यस्तो अवस्थामा पार्टनर खराब वा गलत भन्ने हुँदैन । हाम्रो सोंच वा प्रवृत्ति पो खराब हुनसक्छ ।

‘टक्सिक रिलेशनसिप’मा व्यक्तिले केवल आफ्नो खुसीको बारेमा सोच्छ । उनलाई आफ्नो साथीको भावनासँग कुनै मतलब हुँदैन । जो व्यक्ति ‘टक्सिक रिलेशनसिप’मा हुन्छन्, उनलाई आफ्नो साथीप्रति गहिरो सम्बन्ध पनि हुँदैन । यस्ता व्यक्ति अक्सर आफ्नो सम्बन्धलाई लिएर शसंकित हुन्छन् ।

टक्सिक रिलेशनसिपले तपाईंलाई पनि अशान्त र बेचैन बनाइरहन्छ ।

केवल साथीको गल्ती/कमजोरी मात्र खोज्ने

जब तपाईं राम्रो सम्बन्धमा हुनुहुन्छ, तब तपाईं खुसी रहनुहुन्छ । तपाईंभित्र जहिले पनि सकारात्मक भावना आउँछ, जसको कारण तपाईंको सम्बन्ध गहिरो हुन्छ ।

तर जब तपाइर्ं टक्सिक रिलेशनसिपमा रहनुहुन्छ तब साथीसँग खुलेर कुरा गर्नुहुन्न । तपाईंलाई जतिबेला पनि आफ्नो पार्टनर अगाडि देख्नुपर्ने हुन्छ । तपाईं केवल आफ्ना साथीलाई सानो सानो कुरामा होच्याउने भन्ने मात्र सोंच आउँछ । कुनै राम्रो कुरामा पनि उसको कमजोरी देख्नुहुन्छ ।

२. सधै आफ्ना साथीलाई जित्ने कोशिस गर्नुहुन्छ

जब कुनै वहस हुन्छ, तर्क वितर्क चल्छ, तपाईंले जित्नैपर्छ । जहिले पनि तपाईंले आफुलाई राम्रो, आफ्नै कुरा सही हो, आफुले गरेको निर्णय ठिक, आफुले सोचेको कुरा राम्रो भन्ने लाग्छ ।

साथीले गरेका कुरामा तपाईंले कहिल्यै समर्थन जनाउनुहुन्न । हरेक कुरामा उनलाई तल पार्ने, होच्याउने, झुकाउने प्रयास गर्नुहुन्छ ।

कुरा गर्ने तरिका नै भिन्न

यस किसिमको रिलेशनसिपमा तपाईं कहिले पनि आफ्ना पार्टनरको समस्या सुन्ने र त्यसको समाधान निकाल्ने कोशिश गर्नुहुन्न ।

यदि पार्टनरले कुनै समस्याको बारेमा कुरा गर्‍यो भने तपाईं त्यसलाई पूर्णत बेवास्ता गर्नुहुन्न । पार्टनरको खुसीमा होस् चाहे दुःखमा तपाईंले उपेक्षा गर्नुहुन्छ ।

यसरी तपाईं पार्टनरप्रति उदार, उत्तरदायी देखिनुहुन्न । यसरी पार्टनरलाई दुःखी बनाउनुहुन्छ ।

साथीमा जलनको भावना

टेक्सिक रिलेशनसिपमा सधै नै एकअर्काप्रति जलनको भावना हुन्छ । इष्र्यको भावना हुन्छ । तपाईं अक्सर पार्टनरप्रति चिन्तित देखिनुहुन्छ वा प्रेम गरेझै गर्नुहुन्छ । तर वास्तवमा त्यस्तो भएको हुँदैन । यसले तपाईंहरु दुबैको विश्वासमा अभाव देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment