Comments Add Comment

एनआरएनए पपुवा न्यूगिनीले यसरी मनायो दशैं

Dashain-Papua-Newginue

पपुवा न्युगिनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्यूगिनीले हिन्दु नेपालीहरुको महान पर्व दशैं धुमधामसँग मनाएको छ ।

पपुवा न्युगिनीमा लामो समय विताएका जेष्ठ सदस्यहरु किशोर सिन्हा र कमल तन्डुकारलाई विशेष स्वागत तथा सम्मान गरिएको उक्त दशैं कार्यक्रममा एनआरएनए पपुवा न्युगिनीका अध्यक्ष राज बहादुर शाहीको सभापतित्व रहेको थियो ।

त्यसैगरी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय पपुआ न्यूगिनीका प्रमुख केदार पौडेल, पपुवा न्युगिनीका लागि एसियन डेभलपमेन्ट बैंक (एडिभी) का चिफ अफ इकोनोमिस्ट कन्ट्री डाइरेक्टर तथा रेसिडेन्ट मिशन डा. युरेन्द्र बस्नेत, पपुवान्युगिनीका लागि युनिशेफका शिक्षा विज्ञ शिवलाल भुसाल, पपुवा न्युगिनीका लागि युएनका चिफ सेक्युरेटी एडभाइजर विजय शाह र फेमली हेल्थ इन्टरनेशनल (एफएचआई) का कन्ट्री फाइनान्स डाइरेक्टर प्रवेश अर्यालको लगायत उपस्थित थिए ।

कार्यक्रममा अध्यक्ष शाहीले आगामी दिनमा पपुवा न्युगिनीका समुदायबीच नेपाली कला संस्कृति झल्काउने कार्यक्रमहरु गरेर उनीहरुका बीचमा नेपाल चिनाउने काममा सक्रिय भएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment