Comments Add Comment

किर्ते गरी सामाजिक सुरक्षा भत्ता खाने प्राविधिक सहायक जेल चलान

३ कात्तिक, रौतहट । मृत्यु भइसकेको व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर आफैले खर्च गरेको आरोपमा रौतहटका एक प्राविधिक सहायकलाई जिल्ला कारागार चलान गरिएको छ । सोहि आरोप लागेका एक गाविस सचिव भने फरार छन् ।

Nepali-Notes-Currencyरौतहटको बन्जरहा गाविसका सचिव जगतप्रसाद साह र प्राविधिक सहायक सञ्जय कुमार सिंहले मृत्यु भएका ३१ जनाको नाममा सामाजिक सुरक्षा भत्ता निकालेर खर्च गरेका थिए । २०६८ सालदेखि २०७२ सालसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भएका गाउँलेको नाममा समेत किर्ते दस्तखत गरी सचिव र प्राविधिक सहायकले लाखौं रुपैयाँ हिनामिना गरेको अभिलेखले देखाएको छ ।

किर्ते दस्तखत गरेर मृतकको नामको रकम खाएको आरोपमा प्रहरीले प्राविधिक सहायक सिंहलाई पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले मागेको नौ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि सिंहलाई कारागार चलान गरिएको छ ।

प्राविधिक सहायक सिंह कारागारमा थुनिए पनि गाविस सचिव जगतप्रसाद साह भने फरार रहेको प्रहरीले जनाएको छ । किर्ते मुद्दाका फरार अभियुक्त साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए । गाविस सचिव र प्राविधिक सहायक मिलेर मृतकको नाममा रकम झिकेको र लाखौं रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको नायव उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment