Comments Add Comment

सडकमा यात्रा गर्दा सधैं ज्यान जाने डर !

ramechhap-road

३ कात्तिक, रामेछाप । कहिले तान्दै त कहिले घचेट्दै । पानीले बनाएको खाडल अनि चिप्लो बाटो । कतिबेला के हुने हो केही ठेगान छैन । तर पनि वाध्यता चालकहरुले गाडी चलाएकै छन् । यात्रीहरु पनि ज्यान जोखिममै मोलेर गाडी चढीरहेकै छन् ।

एक दिन हैन, दुई दिन हैन । रामेछापको मन्थली-गाल्वा सडक खण्डमा चल्ने यातायात साधन र यात्रीहरुको दैनिकी हो यो । मन्थली- गाल्वा मात्र हैन मन्थलीबाट बाम्ती, साँघुटार, धोवी- सिरिसे सबैतिर चल्ने यातायात साधन र त्यसका यात्रीहरुको दैनिकी यस्तै छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट चल्ने ग्रमिण सडकहरुको अवस्था यस्तै छ । कुनै पनि सडकहरु यातायत साधन चलाउन योग्य छैनन् । तर पनि ती सडकहरुमा जवर्जस्ती यातायातका साधनहरु गुडीरहेका छन् ।

सडकहरु समयमै मर्मत नहुँदा जोखिमपूर्ण बन्दै गएका छन् । अझ दशैको बेला अधिक सवारीसाधन गुडेपछि बाटोहरु अझ विगि्रएका छन् । वषर्ायाममा पहिरो जानाले सडकमा ढुङ्गा, माटो थुपि्रएका छन् । त्यसै गरी कतिपय ठाउँमा सडकहरु खोलिएका र भक्तिएका छन् । जसको यथोचित मर्मत नहुँदा यात्रालाई कठिन बनाइरहेको छ । ठाउँमा पुगिने हो वा हैन भन्ने त्रास बोकेर यात्रा गर्नु पर्ने दोरम्बा गाविस-६ को वडा नागरिक मञ्चका संयोजक उद्धव कँडेलले बताए ।

‘गाउँगाउँमा सडक पुगेको छ । जेनतेन गाडी पनि चलेका छन् । गाडी चलेपछि हिँड्ने कुरा पनि भएन । गाडी चढ्यो, हिँडेर ५/६ घण्टामा पुगिने बाटोमा कहिलेकाहीँत विहानदेखि मध्यरातसम्म गाडी तान्न र घचेट्न पर्छ’ कँडेलले भने ।

रामेछाप जिल्लाको सदरमुकामलाई गाउँसम्म जोड्ने सबै सडकहरु कच्चि छन् । यस्ता सडकमा वषर्ायाममा पानीले चिप्लो हुँदा जोखिम हुन्छ भने हिँउदमा धुलो र खाडलले दुर्घटनाको त्यतिकै डर हुने चालकहरु बताउँछन् ।

मन्थलीबाट चल्ने मन्थली-कठजोर, सुनारपानी-साँघुटार, सालु-गोठगाउँ-बिजुलीकोट, धोवी-सिरिसे, फर्पू- बेताली-ठोसे-वाम्ती, ठोसे-पि्रति, ठोसे-गुप्तेश्वर-भूजि, मन्थली-गाल्पा, टोकरपुर सडकको अवस्था जीर्ण छ ।

त्यस्तै मन्थली-रामेछाप-रामपुर, मन्थली- सित्खा, मन्थली-भटौली- पिङ्खुरी-गागल लगायतका ग्रामिण सडकको अवस्था पनि त्यस्तै छ । यसै गरी लुभुबाट पश्चिमी रामेछापका विभिन्न गाविसम्म जोडिएका सडकहरु पनि जीर्ण बनेका छन् । काभ्रेको चौरीखोलाबाट लखनपुर-गुन्सी लगायतका क्षेत्रमा चल्ने सडकको अवस्था पनि कमजोर बनेको छ । यी सडकमा बारम्बार ठूला दुर्घटनाहरु हुने गरेका छन् ।

जिल्ला विकास समिति लगायत विभिन्न दातृ निकायले समेत रामेछाप जिल्लाको ग्रामिण सडक मर्मतको लागि बजेट छुट्याउँछन् । तर हरेक वर्ष वषर्ा लाग्ने समयमा सडक मर्मतको बजेट खर्च हुन्छ । वषर्ा लाग्ने वित्तिकै सडक विगि्रएर जस्ताको तस्तै हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment