Comments Add Comment

एफएनसीसीआईमा आगामी कार्यकालका लागि भवानी राणा स्वतः अध्यक्ष

बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने गरी विधान पारित

bhawani-rana31
४ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी अध्यक्षका लागि स्वतः भवानी राणा हुने बाटो खुला भएको छ ।

महासंघले बिहीबार बोलाएको विशेष साधारण सभामा उपस्थित ९० प्रतिशत भन्दमा बढीले महासंघले पेश गरेको विधान संशोधन पारित भएसँगै आगामी कार्यकालको लागि भवानी राणा अध्यक्ष हुने बाटो खुलेको महासंघका प्रतिनिधि अनुपबहादुर मल्लले अनलाइनखबरसँग बताए ।

प्रस्तावित विधान ध्वनी मतले नै पारित गरेको हो । अब महासंघमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था लागू भएको छ ।

त्यसैगरी, संघीयता अनुसार महासंघलाई परिमार्जन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । राणा अहिले महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । आगामी कार्यकालमा उनी स्वतः अध्यक्ष हुनेछिन् ।

यसअघिसम्म अध्यक्षका लागि चुनाव हुने गरेको भए पनि आगामी कार्यकालदेखि बरिष्ठ उपाध्यक्षसम्मको पदमा मात्रै चुनाव हुने भएको छ । महासंघको नियमित साधारणसभा यही चैतमा हुँदैछ ।

महासंघको विशेष साधाराणसभा ६ जना पूर्व अध्यक्षले बहिस्कार गरेका छन् । उनीहृरुले विभान संशोधनको क्रममा सुझाव लिने र छलफल गर्ने काम नभएको भन्दै उनीहरुले साभा बहिस्कार गरेका हुन् ।

पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबाहदुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणभा बहिस्कार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment