Comments Add Comment

रेखाले ‘कसले चोर्‍यो मेरो मन फेरि’ बनाउने

rekha thapa hot
चर्चित नायिका तथा निर्मात्री रेखा थापाले होम प्रोडक्सन रेखा फिल्मस्बाट नयाा चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । आउादो बर्षको दशैंमा यो चलचित्र रिलिज हुनेछ । रेखाले आफ्नो सपनाको प्रोजेक्ट भन्दै चलचित्र ‘कसले चोर्‍यो मेरो मन फेरि’ जुराएकी छिन, जुन चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । यो चलचित्रको छायांकन माघदेखि सुरु हुनेछ ।

सविर श्रेष्ठको डेव्यु निर्देशनमा सात वर्ष पहिले सुपरहिट भएको चलचित्र ‘कसले चोर्यो मेरो मन’ मा ‘फेरि’ थपेर रेखाले नयाा चलचित्र निर्माणको तयारी थालेकी हुन् । रेखाले चलचित्रमा आफ्नो जोडी को हुने भन्ने बिषयमा अहिले नै बताइनन् । उनले सबै कुराले फिट भएको चलनचल्तीकै नायक भएपनि हुने बताइन् ।

उनले यो चलचित्र प्राविधिक रुपमा पनि उत्कृष्ट हुने बताइन् । ‘दर्शकको मन चोर्ने चलचित्र बनाउाछु’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment