Comments Add Comment

भारतीय ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

५ कात्तिक, चितवन । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा मुग्लिनमा पैदल यात्रुको मृत्यु भएको छ ।

accidentपोखराबाट सुनौलि तर्फ आउँदै गरेको आर.जे. ०२ जि.ए.७१५८ नम्बरको भारतीय मालबाहक ट्रकले गएराति मुग्लिन चोकमा (बिहिबार) साढे ९ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको परिचय खुल्न नसकेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment