Comments Add Comment

अल कायदा कमाण्डर मारेको अमेरिकी दाबी

american_military११ कात्तिक, काठमाडौं । अमेरिकी सेनाको कारबाहीमा अफगानिस्तानका वरिष्ठ अल कायदा कमाण्डर मारिएका छन् ।

अमेरिकी अधिकारीहरुलेले अमेरिकी समाचार संस्थासँगको कुराकानीमा सेनाको ड्रोन मिसाइल हमलामा अल कायदाका कमाण्डर फरुक अल कहतानी मारिएका दाबी गरेका हुन् ।

अमेरिकी अधिकारीहरुलाईर् उद्धृत गर्दै बीबीसीले जनाए अनुसार आइतबार कुनार प्रान्तमा गरिएको ड्रोन हमलामा कहतानीसँगै उनका सुरक्षा कमाण्डरको समेत मृत्यु भएको छ ।

अफगानिस्तान सरकारका प्रवक्त अब्दुल गनी मोसामेनले आइतबार भएको अभियानमा कम्तिमा १५ विद्रोहीस्को मृत्यु भएको थियो । जसमा दुई अरबी र केही पाकिस्तानी तालिबानी थिए ।

यसअघि अमेरिकाले फेब्रुअरी महिनामा साउदी अरबमा जेन्का फारुक कहतामनी माथि यूरोप तथा अमेरिकामा हमलाको योजना बनाएको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment