Comments Add Comment

सोमबार दराजको ‘ब्राण्ड डे’ टाइटनका साथमा

१७ चैत, काठमाडौं । अनलाइन शपिङ गन्तब्य दराजले आफ्नो ब्राण्ड डे श्रृखंला सोमबार टाइटनका साथमा गर्ने भएको छ ।
एक दिनको लागि मात्र हुने यस ब्राण्ड डे मा उपभोक्ताहरुले अप्रिल १ मा राती १२ बजेदेखि सोही दिनको राती ११:५९ बजेसम्म टाइटनका खास अफरहरुको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर दराजको दराज मलमा रहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ । ब्राण्ड डे मा टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा दुई हजारसम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिने कम्पनी बताउँछ ।
विशेषगरी  बिहान १० बजे देखी दिउसो २ बजेसम्म टाइटनको खास मोडेलहरुमा न्यूनतम् ३० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ । यस्तै पाँच हजारसम्मको कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ ।
त्यति मात्र नभई ५ भाग्यशाली उपभोक्ताहरुले दुई हजारको कलेक्टीभ भाउचरहरु जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका लागि त्यसका लागि उपभोक्ताहरुले दराजमा टाइटनको स्टोर फलो गर्नुपर्नेछ ।
‘टाइटनका घडीहरु उत्कृष्ट गुण्स्तरका, विश्वसनीय तथा सुपथ मूल्यमा पाइने हुने भएकाले विश्वभरी लोकप्रिय छन्, त्यसैले दराजले प्रस्तुत गरेको टाइटनको विशेष कारोबारहरुको निसंकोच भरपूर आनन्द लिन तयार रहनुहोस्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दराजको ब्राण्ड डे अफर गत १ फेब्रुअरीमा क्लोभियाका साथमा शुरु भएको थियो । ब्राण्ड डे मा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंम विशेष छुटको अफर दिनेछन् ।
दराजका अनुसार यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तै गोल्ड्स्टार, अमेरिकन टुरिस्टर, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, लोरिअल पेरिस, सलाना र अन्य ब्राण्डहरु आकर्षक बार्गेन डिलमा फाइदा उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment