
१७ चैत, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।
बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग पहूँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
प्रतिक्रिया 4