Comments Add Comment

भारत पछि हट्यो ! जासुरी गरेको भन्दै पक्राउ पाकिस्तानी अधिकारी छुटे

pakistan-flag

रक्षा मामलाबारे महत्वपूर्ण कागजातसहित पक्राउ परेका पाकिस्तानी उच्च आयोगका एक कर्मचारीलाई भारतले कुटनीतिक प्रतिरक्षाको आधारमा रिहा गरेको छ ।

दिल्ली पुलिसले पत्रकार सम्मेलन गरेर भनेको छ कि ती ब्यक्तिसँग पाकिस्तानी सीमा सुरक्षा बल बिएसएफसँग जोडिएको कागजात थियो । दिल्ली पुलिसका कमिस्नर रविन्दर यादवका अनुसार पक्राउ गरिएको मोहम्मद अख्तर पाकिस्तानी उच्चायुक्तको कार्यालयमा भिषा सेक्सनमा काम गर्थे । उनको साथबाट बिएसएफसँग जोडिएका केहि दस्तावेज बरामद गरिएको थियो ।

अख्तरलाई जासुसी गरेको र रक्षासँग जोडिएका जानकारी लीक गरेको आरोप लागेको थियो । रविन्दर यादवले भनेका छन् कि जासुसीको काम पछिल्लो डेढ बर्षदेखि चलिरहेको छ । पछिल्लो ६ महिनादेखि प्रहरीले जानकारी पाएको थियो । उनले भनेका छन् कि उनलाई दुई भारतीयले महत्वपूर्ण कागजात दिन्थे र त्यसबापत अख्तरले उनीहरुलाई पैसा दिन्थे ।

उनको साथबाट दुई जना भारतीयलाई पनि पक्राउ गरिएको छ भने उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाकिस्तानी उच्च आयोगले भने यस आरोपको खण्डन गरेका छन् ।

पाकिस्तानी उच्चआयोग श्रोतका अनुसार उच्चायुक्त अब्दुल वासितले भारतीय बिदेश सचिवसँग यस मामलाको कडा बिरोध जनाउदै यसलाई भियाना कन्भेन्सनको उल्लंघन भएको बताएका थिए ।

श्रोतका अनुसार उच्चायुक्तले भारत सरकारसँग आग्रह गरेका छन् कि भविश्यमा पाकिस्तानी कर्मचारीहरुका साथ यस्ता घटना नहोस् ।

पाकिस्तानी बिदेश मन्त्रालयका एक प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् कि भारतीय बिदेश मन्त्रालयले दिल्लीस्थित उसका उच्च आयुक्त अब्दुल बासितलाई बोलाएर कर्मचारी अख्तरलाई जासुसी घोषित गरिएकाले २९ अक्टोवरसम्म भारत छोड्न भनिएको छ ।

पवक्ताले भारतको यस कदमले तनाव झनै बढाउने बताएका छन् । भारत र पाकिस्तानका सेनाका बीच पछिल्लो केहि दिनदेखि आपसी फायरिङ जारी छ, जसमा दुवै तर्फबाट मानिसहरु मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment