Comments Add Comment

एकै दिनमा एनबी इन्सुरेन्सका तीन शाखा उद्घाटन

fattabahadur-kc
१२ कात्तिक, काठमाडौं । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्ना तीनवाटा शाखा एकैदिन सञ्चालनमा ल्याएको छ । काठमाडौंको कलंकी र कोटेश्वर तथा भक्तपुरको सल्लाघारीमा शाखा सञ्चालनमा आएका हुन् ।

शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीले गरे । सो अवसरमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो ।

शाखाको उद्घाटन कार्यक्रममा प्रा.डा. केसीले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा धन्यवाद दिँदै बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संस्ााधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिनुका साथै ग्राहक महानुभावहरुलाई छिटो र छरितो सेवा प्रदान गर्ने तर्फ ध्यान दिन कम्पनीको व्यवस्थापन र संचालक समितिलाई आग्रह गरे ।

त्यसै गरी नेपाल सरकारले अघि सारेको कृषिर् तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न निर्देशन दिए ।

सोही अवसरमा अध्यक्ष केसीले सबैले आ आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि सबैलाई आग्रह गरे ।

सोही अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कम्पनीको आज उद्घाटन भएको ३ शाखा सहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष पौडेलले कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बांकी शेयर बोलकबोल मार्फत ४ करोड ५३ लाख शेयर पि्रमियम प्राप्त गरेको जानकारी गराए ।

हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड पुगेको पनि जानकारी दिँदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment