Comments Add Comment

श्रीलंकालीसँग मिलेर कल वाइपासको धन्दा चलाउने पक्राउ

voip
१८ कात्तिक, काठमाडौं । श्रीलंकाली नागरिकसँग मिलेर अवैध रुपमा कल वाइपस (भिओआइपी) को धन्दा चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको पानीपोखरीमा डेरा लिएर अनलाइन व्यवसायको नाममा कलवाइपासको धन्दा चलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्सालका रविराज सिंहलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार सिंहले श्रीलंकाली नागरिकसँग मिलेर ल्याण्ड लाइन फोन नंम्बर मार्फत कल वाइपास गर्ने गरेका थिए ।

नुवोकाटका कान्छा गुरुङको नाममा अनलाइन व्यवसायको लागि भन्दै कम्पनी समेत दर्ता गराएका सिंहले ‘इवान’ टेलिफोन सेवा जडान गरेर त्यसबाटै कल वाइपासको धन्दा चलाएको ब्युरोको दावी छ ।

सिंहले एक पटकमा एक सय २० वटा लाइनमा कल वाइपास गर्न सक्ने बनाइ गत दशैंको फुलपातीबाट धन्दा सुरु गरेको प्रहरीले जनाएको छ । उनले मोबाइलको सिमकार्ड समेत अर्कैको नाममा लिएको भेटिएको छ । उक्त कल वाइपसाको लागि आवश्यक उपकरण जडान गर्न आएका श्रीलंकाली भने फरार छन ।

सिंह यसअघि पनि नक्कली भारु कारोवारको अभियोगमा पक्राउ परेर २ वर्ष जेल सजाय ब्यहोरिसकेका व्यक्ति हुन् ।

पाँच वर्षमा एघार अर्वको कलवाइपास

पछिल्लो पाँच वर्षमा सिआइबीले कल वाइपास विरुद्ध चलाएको कार्वाहीमा एक सय सात जना नेपाली र ३१ जना विदेशी पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध ११ अर्व ६७ करोड रुपैंयाँ बराबरको बिगो मागदावी गरेर मुद्धा चलाइएको सिआइबीले जनाएको छ ।

भिओआइपी संचालन गर्न प्रयोग भएका नेपाल टेलिकम र एनसेलको गरेर २२ हजार थान सिमकार्डसमेत यो अवधिमा बरामद भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment