Comments Add Comment

मुखर्जी पोखरा नआउँदै बेलुनमा झुण्ड्याएर कालो झण्डा प्रदर्शन

kalo-jhanda-pokhara-1

१९ कात्तिक, पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालोझण्डा उडाइएको छ ।

मुखर्जी जनकपुरबाट पोखरा उड्न लागेको खबर पाएलगत्तै अपरिचित समूहले पोखरामा बेलुनमा कालो झण्डा राखेर उडाएका हुन् । करीब साढे १ बजेको समयमा दोबिल्ला क्षेत्रबाट बेलुनमा कालो झण्डा राखेर उडाएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार १०/१२ वटा बेलुनमा कालो झण्डा राखेर उडाइएको छ ।

kalo-jhanda-pokhara
तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अनभिज्ञता प्रकट गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बेलुनमा कालो झण्डा राखेर उडाएकोबारे कुनै जानकारी नआएको बताए । उनले भने, ‘म हरेक कुराको अपडेटमै छु, खै अहिलेसम्म त्यस्तो केही खबर आएको छैन ।’

मुखर्जी दिउँसो १२ः४५ बजे पोखरा आइपुग्ने बताइएपनि आउन ढिलाइ भएको छ । मुखर्जी पोखरा आउने भएपछि सुरक्षा ब्यबस्था कडा पारिएपनि नजिकमा रहेको दोबिल्ला डाँडाबाट बेलुनमा कालो झण्डा उडाइएको हो ।

बुधबार राती इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड समेत भएको थियो ।

तस्वीरः दीपक परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment