Comments Add Comment

दूरसञ्चार सेवा प्रदायकको अनुगमनमै ७० लाख !

nepal-dursanchar-pradhikara
१९ कात्तिक, काठमाडौं । नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी र मोबाइल सेवा प्रदायक कम्पनीको सेवामा ग्राहकले प्रश्न गर्छन् । समयमै सेवा प्रदायक कम्पनीले दिने सेवामा ढिलासुस्ती र विभिन्न समयमा आउने रिर्चाज समस्या, नेटवर्कको समस्या, इन्टरनेट समस्या लगायतको समस्याबाट हैरान छन् ।

सेवा प्रदायक कम्पनीहरुको सेवामा र गुणस्तरमा समस्या भोग्न बाध्य भएका ग्राहकले समस्याबाट मुक्त हुनकै लागि भन्दै दुईवटा सेवा प्रदायक कम्पनीको सेवा समेत सँगसँगै लिने गरेको छन् ।

अत्यावश्यक कामको बेला एउटाबाट नभए अर्कोबाट सेवा लिन भन्दै दुईवटै भन्दा बढी सेवा कम्पनीको सेवा लिनेको संख्या आधाभन्दा बढी छ । तर, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले दिने गुणस्तर र सेवाको नियमन गर्ने निकाय पनि मौन जस्तै देखिएका छन् ।

सेवा प्रदायक कम्पनीहरुले भने बेला बेलामा आउने समस्यालाई प्राविधिक समस्या भनेर टार्ने गरेको छन् । सेवा प्रदायकहरुले अनुमति लिँदा ग्राहकलाई यो सेवा दिन्छु भनेर गरेको प्रतिबद्धता अनुरुप गुणस्तरीय सेवा दिए/नदिएको अनुगमन गर्ने निकायले अनुगमन खासै गरेको अनुभुती पाउन सकिएको छैन् । सेवा र गुणस्तरमा पनि खासै सुधार पनि देखिन्न ।

तर, प्राधिकरणले भने सेवा प्रदायक कम्पनीहरुको प्रयोग गरेको फ्रिक्वेन्सी, उपकरण आयात, सेवाको गुणस्तर तथा शर्त पालना गरे नगरेको अनुगन गर्न मात्रै चालु आर्थिक वर्षका लागि १५ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

यसैगरी प्राधिकरणले ‘नेपाल स्याटलाइट’ लाई प्रदान गरेको अनुमतिपत्रको शर्त पालना गरे नगरेको अनुगमन गर्न मात्र वाषिर्क कार्ययोजनामार्फत ५५ खाख रुपैयाँ खर्च विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment