Comments Add Comment

क्यान्सर पीडित सुजाताले जग्गा बेच्न खोज्दा शेरबहादुरले रोके

आगन्तुकसँग कोइरालानिवासमा भेटघाट बन्द

Sujata Koirala (2)२२ कात्तिक, काठमाडौं । स्तन क्यान्सरबाट पीडित बनेकी सुजाता कोइरालाले निजी जग्गा बेचेर उपचार गर्न खोज्दा पार्टी सभापति शेरबहादुर देउवाले रोकेका छन् ।

भीआइपीहरुको उपचार खर्च राज्यले नै व्यहोर्दै आएकाले जग्गा बेचेर उपचार गर्नु नपर्ने भन्दै देउवाले सुजातालाई रोकेका हुन् । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आफूले उपचार खर्च जुटाइदिने आश्वासन दिएपछि यतिबेला सुजाताले जग्गा विक्री गर्ने योजना थाती राखेकी छिन् ।

सुजाताले क्यान्सरको उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ मागेको चर्चा छ ।

स्रोतले अनलाइनखबरसँग भन्यो– ‘उहाँले जग्गा बेचेर भए पनि आफ्नै खर्चमा उपचार गर्ने सोचिरहनुभएको थियो, तर सरकारले आफ्नै उपचार खर्च दिन्छ भने त्यो खुशीको कुरा हो ।’

कोइरालानिकट स्रोतको दाबी के छ भने सुजाताले आफैं सरकारसँग उपचार खर्च मागेकी होइनन्, पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले नै सरकारबाट उपचार खर्च जुटाउन पहल गरिदिने बताएपछि उनले त्यसमा सहमति जनाएकी हुन् ।

मलेसिया भ्रमणका बेला उतै शल्यक्रिया गरेर स्वदेश फर्केकी सुजातालाई पार्टी सभापति देउवाले सरकारी कोषबाटै उपचार खर्च लिई उपचार गर्न भनेको स्रोतको भनाइ छ ।

कोइरालानिवासमा भेटघाट बन्द

यसैवीच भारतस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालबाट रिपोर्ट आइसकेपछि सोमबार बिहानदेखि सुजाता कोइरालाले आगन्तुकहरुसँगको भेटघाट बन्द गरेकी छिन् । मानिसहरुसँग भेटघाट गर्दा ‘इन्फेक्सन’ हुने डाक्टरको सुझावपछि उनले व्यक्तिगत भेटघाट गर्न छाडेकी हुन् ।

सुजातालाई भेट्न सोमबार बिहान मण्डिखाटार पुगेका केही कांग्रेस नेताहरु उनलाई भेट्न नपाई फर्किएका छन् ।

मलेसिया भ्रमणमा गएका बेला विरामी परेर जाँच गराउँदा कोइरालामा स्तन क्यान्सरको लक्षण देखिएको हो । त्यही अप्रेशन गरेर फर्केकी उनी पुनः तीन दिनपछि थप उपचारका लागि सिंगापुर जाने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment