Comments Add Comment

छोराको उपचारमा लागेको ऋण तिर्न रामलाई सहयोग जुट्यो

nepali-man

२२ कात्तिक, काठमाडौं । छोराको उपचार गर्ने क्रममा ऋणमा डुबेका एक नेपाली युवाले भारतमा राहतको सास फेरेका छन् । उनले ऋण लिएको एक लाख ६० हजार रुपैयाँमध्ये आधा रकम विभिन्न चन्दादाताबाट सहयोगस्वरुप प्राप्त भएको छ ।

भारतको एउटा अनलाइनमा ‘छोराको उपचारको बिल तिर्न एक नेपाली २४ घन्टा काम गर्छन्’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको थियो । २८ वषिर्य राम साह आफ्नो छोरा लक्ष्मणको उपचारका लागि लागेको ऋण तिर्न भारतको कान्दिवालीमा रहेको अक्षर कोअपरेटिभ हाउजिङ सोसाइटीमा डबल ड्युटी गर्नुका साथै स्थानीय एउटा क्लिनिकमा बेलुकी काम गर्ने गरेको समाचारमा उल्लेख थियो ।

उक्त समाचार पढेपछि हङकङमा बस्ने रिसभ पाण्डेले रामका लागि सहयोग संकलन गर्ने पहल लिएका थिए । विश्वभरबाट ३७ जनाले रामलाई १५ सय देखि ७ हजारसम्म सहयोग गरेको र कुल ८० हजार रुपैयाँ रामको खातामा जम्मा भएको पाण्डेले बताएका छन् ।

सहयोग पाएपछि रामले आभार व्यक्त गरेका छन् । अर्को साता उनी छोरालाई लिएर नेपाल फर्किने छन् । उनका छोरा लक्ष्मण घरको माथिल्लो तल्लाबाट खसेर गम्भीर घाइते भएका थिए । अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment