Comments Add Comment

शक्ति समूहलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

पुरस्कारको रकम बेचबिखन प्रभावित किशोरीको शिक्षामा खर्च गरिने

 

shakti-samuha

२२ कात्तिक, काठमाडौं । बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शक्ति समूहले बेलायतमा अर्को अन्तर्राष्ट्रिय अवार्ड हासिल गरेको छ ।

५० हजार अमेरिकी डलर अर्थात करीव ५३ लाख रुपैयाँको ‘वीथ एण्ड फर गल्र्स अवार्ड’ शक्ति समूहले जितेको हो ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा शक्ति समूहले प्राप्त गरेको सो पुरस्कार रकम बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित किशोरीहरुको शिक्षादीक्षा र स्वावलम्वी कार्यक्रममा खर्च गरिने अध्यक्ष बालकुमारी रानाले जानकारी दिइन् ।

लण्डनमा आयोजित कार्यक्रममा अवार्ड तथा पुरस्कार ग्रहण गरेकी शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले थप अर्को अन्तर्राष्ट्रिय सम्मानले बेचबिखन बिरुद्धको अभियानले विश्वव्यापीकरण पाएको बताइन् ।

बिश्वभरीबाट २०० भन्दा बढी संस्था र व्यक्तिहरुले यो पुरस्कारका लागि प्रतिस्पर्धा गरेकामा बिभिन्न चरणमा ४४ संस्था छानिएका थिए । जसमध्ये शक्ति समूहले एशिया प्यासिफकबाट सो पुरस्कार पाएको हो ।

कार्यकारी निर्देशक दनुवारले यो अवार्ड बाट प्राप्त रकमको सदुपयोगीताले यस पुरस्कारलाई पछि थप पुष्टि गर्ने बताइन् ।

शक्ति समूहले अमेरिका, बेलायत, स्वीडेन, ताइवान लगायतका देशबाट अवार्ड पाइसकेको छ । एशियाको नोबल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत शक्ति समूहले जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment