Comments Add Comment

जापानी सडकमा बन्यो विशाल खाडल, राक्षस निस्किएको भन्दै उडाइयो मजाक

japan-sinkhole

जापानको फुकुओका शहरमा निर्माणाधीन सबवे रेल मार्गमाथिको सडक भासिएर विशाल खाडल बनेको छ । ट्राफिक लाइटसहित सडकको पूरै चौडाई भासिएको छ ।

सातदेखि आठ मिटर फराकिलो सडक पूरै भासिएको मंगलबार बिहानै स्थानीयले जानकानरी पाएपछि आफुहरुलाई खवर गरेको विपद् व्यवस्थापन अधिकारी मोटोहिसा ओडाले बताए ।

यो घटनापनि फुकुओवा शहरको हाकाता वार्ड भएर जाने पाँचवटा मूख्य सडकलाई बन्द गरिएको छ । फुकुओका जापानको प्रमुख व्यवसायिक शहर हो ।

जुनियर हाकाता रेल्वे स्टेसनबाट ३०० मिटरको दूरीमा दुवै पट्टिबाट जमिन भासिएर एकै स्थानमा जम्मा भएको छ । २७ मिटर फराकिलो ३० मिटर जमिन भासिएर १५ मिटरको खाडल बनेको छ । खाडल पानीले भरिएको छ । जमिन भासिँदा पाइप फुटेर पानी जमेको बताइएको छ ।

शहरका अधिकारीहरुका अनुसार जमिन भासिएको सिधा तल सव वे मार्ग बनिरहेको थियो । जुन १.४ किलोमिटरको थियो र हाकाता रेल्वे स्टेसनबाट सिटी सेन्टरसम्मका लागि थियो ।

बिपद् अधिकारी ओदाले पनि आशंका गरेका छन् कि त्यही सव वेको निर्माणका कारण जमिन भासिएको हुनसक्छ ।

जमिन भासिएपछि फुकुओका शहरको १७० घरहरुमा बिजुली काटिएको छ भने जापानी ग्यास कम्पनी सैबुले पनि ग्यास लिक भएको अनुमानमा परिक्षण गरिरहेको छ ।

जापानी अधिकारीहरुले जमिन भासिएको बारेमा गम्भीर अनुसन्धान गरिरहेपनि जापानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कुनै राक्षस जमिनबाट बाहिर निस्कँदा त्यस्तो भएको भन्दै मजाक गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment