Comments Add Comment

लोकमानले तारेख बुझे, १६ गतेका लागि पेशी तोकियो

lokman-sing-karki

२५ कात्तिक, काठमाडौं । अयोग्यतासम्वन्धी मुद्दामा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले तारेख बुझेका छन् । यससँगै मुद्दाको पेशी समेत तोकिएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चले पुनरावलोकनको फैसला सुनाएपछि कात्तिक १ गते म्याद तामेलीमा गएको थियो । सुरुमा अदालत छल्न विदेश गएका कार्की ज्वाइँसहितको टोली खटाएर म्याद तामेलीमा गएको सर्वोच्चको टोलीमाथि अवरोध गरेको थियो ।

तर, कात्तिक १ गते म्याद तामेली भयो । म्याद तामेलीपछि सुरुको १५ दिन गुजारेका निलम्बत प्रमुख कार्कीले बिहीबार वारेसनामा पठाएर तारेख बुझेका छन् ।

अब मंसिर १६ गतेका लागि पेशी तोकिएको छ । कार्कीको योग्यतासम्वन्धी फैसला पुनरावलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए ।

‘सुविधा खोस्ने निवेदनसँगै पेश गर्नू’

सर्वोच्चले कार्कीको सुविधा खोस्न माग गर्दै परेको निवेदनलाई मुल मुद्दासँगै पेश गर्न निर्देशन दिएको छ ।

सर्वोच्चमा मुद्दा चलिरहेका बेला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि पदमा बसेर काम गर्न रोक लागेको छ । तर, कार्कीलाई निलम्बन नगर्दा प्रमाण नष्ट गर्न सक्ने भन्दै अधिवक्ता अर्यालले उनलाई निलम्बन गरी सेवा सुविधा खोज्न माग गर्दै निवेदन दिए ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बिहीबार यो निवेदनलाई मुल मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको छ ।

अर्को मुद्दाको म्याद तामेली

यस्तै सात दिनभित्र अदालतमा हाजिर हुन दिएको अर्को मुद्दाको आदेशको बिहीबार नै म्याद तामेली भएको छ ।

म्याद तामेलीमा अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले नै दिएको निवेदनमा सर्वोच्चले सोमबार सात दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको थियो । बिहीबार म्याद तामेली भएको छ र, अब उनी सात दिनभित्र अदालतमा हाजिर हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment