Comments Add Comment

देउवाको प्रस्ताव- पुरानै संरचनाअनुसार निर्वाचन गरौं

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।

sher-bahadur-deubaपुनर्संरचनाको विषय तत्काल नमिल्ने संकेत देखिएको भन्दै उनले पुरानै संरचनालाई आधार मानेर भए पनि निर्वाचन गराउनुपर्ने निर्णय कांग्रेसले गरेको बताए ।

काभ्रेको बनेपामा विहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘पुरानै संरचना वा इलाकाको आधारमा भए पनि निर्वाचन गर्ने पार्टीको निर्णय छ । चुनाव जसरी पनि हुन्छ ।’

उनले निर्वाचनको तयारीमा जुट्न नगर सभापति र कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

बनेपामा आयोजित नगरसभापतिहरुको भेलालाई सम्पन्न भएपछि आमसभा आयोजना गरिएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी र महेन्द्र यादवले संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले नै लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment