Comments Add Comment

लोकमानबारे छलफल हुँदा मधेसी मोर्चाले संसद बहिस्कार गर्ने

मंसिर १ बाट संसद अवरुद्ध गर्ने चेतावानी

Madhesi-morcha२६ कात्तिक, काठमाडौं । मधेसी मोर्चाले बिहीबार व्यवस्थापिका संसद बैठक बहिस्कार गर्ने तयारी गरेको छ । साथै कान्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता नभए मंसिर १ गतेबाट संसद बैठक अवरुद्ध गर्ने मोर्चाको तयारी छ ।

संसदको बैठक विहान ११ बजे बोलाइएको छ । र, बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ ।

तर, मधेसी मोर्चाले भने लोकमानविरुद्धको महाअभियोगमा भाग नै नलिने र संसद बैठक बहिस्कार गर्ने तयारी गरेको छ । यसबारे निर्णय गर्न मधेसी मोर्चामा आवद्ध पार्टीहरुको संसदीय दलको बैठक बोलाइएको छ ।

मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका सांसद शिवजी यादवले अनलाइनखबरसँग भने, आजको बैठकमा बोलेर बहिस्कार गर्ने सम्भावना छ ।’

एक नेताका अनुसार आज संसद बहिस्कार गर्नु अघि बोल्दा नै संविधान संशोधन विधेयक दर्ता नभए मंसिर १ गतेबाट संसद अवरुद्ध पार्ने चेतावनी दिइनेछ ।  मधेसी मोर्चाले महाअभियोगबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment