Comments Add Comment

नारायणी पुलबाट लागूऔषधसहित युवक पक्राउ

२६ कात्तिक, नवलपरासी । नवलपरासीको गैंडाकोट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

Narayani Bridge Chitwanनारायणी नदी पुलबाट लागूऔषधसहित नवलपरासीको कावासोती-८ निवासी २८ वर्षीय सुरज गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार फेनेरागन २ सय थान, टिटिएम २ सय ३० थान लगायतका लागूऔषध उनको साथबाट बरामद भएको छ ।

गएराति २ बजे पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment