Comments Add Comment

यो रेष्टुरेन्टमा काम गर्छन् एकसाथ जन्मिएका ५ सन्तान

कुनै महिलाले एकसाथ पाँचवटा बच्चा जन्माउनु भनेको निकै दुर्लभ घटना हो । अझ एकसाथ जन्मिएका ५ छोराछोरीले एउटै ठाउँमा जागिर गर्नु भनेको त सायद दुनियामा कहीँ नसुनिएको कुरा हो ।

brother-sister-5अमेरिकाको मिचिगनमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ एउटै आमाको पेटबाट एकसाथ जन्मिएका ५ जना सन्तानले काम गर्दछन् ।

मिचिगनस्थित म्याकडोनाल्ड्सको एक रेष्टुरेन्टमा यी ५ भाइ बहिनीहरुले काम गरिरहेका हुन् ।

केही मिनेटको अन्तरमा जन्मिएका उनीहरुमध्ये ३ जना दाजुभाइ तथा दुइजना दिदिबहिनी छन् । दाजुभाइहरुको नाम लिथ, लोगन र लुकास हो भने दिदी बहिनीहरुको नाम लरेन र लिंडसे हो । ५ सन्तानमा लुकास सबैभन्दा कान्छा भाइ हुन् । लिथ सबैभन्दा जेठा हुन् । सबै भन्दा पहिले जन्मिएका लिथ र सबैभन्दा पछि जन्मिएका लुकासको उमेरमा जम्मा ३ मिनेटको अन्तर छ ।

लुकास र उनकी दिदी लरेनले गत वर्ष रेष्टुरेन्टमा काम सुरु गरेका थिए । अन्य तिनजनाले भने यहीँ वर्षको सुरुमा काम सुरु गरे । यी पाँच जुम्ल्याहाको संख्या त रेष्टुरेन्टका कुल कर्मचारीको आधा नै हुन्छ ।

रेष्टुरेन्टमा लिथ, लोगन र लुकासले किचेनमा काम गर्छन् । लरेनले फ्रन्ट काउन्टर सम्हाल्छिन् भने लिंडसे डाइनिंग एरिया सम्हाल्छिन् ।

रेष्टुरेन्टमा यी ५ भाइबहिनीहरुको ठूलो क्रेज छ । मानिसहरु यी पाँच जनालाई हेर्नकै लागि पनि रेष्टुरेन्टमा आउँछन् र सँगै फोटो खिचाउँछन् ।

रेष्टुरेन्टका हाकिम रेने ड्रेब्सका अनुसार एकसाथ जन्मिएका यी पाँच कर्मचारीसँग काम गर्न पाउनु ठूलो कुरा हो । पाँच जना भाइबहिनीले काम गर्न यो एकमात्र रेष्टुरेन्ट भएकोमा उनी गर्व गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment