+
+

यसरी मनाइयो जापानमा अनौठो लिंग पर्व (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते ११:३९

जापानमा एउटा विशेष पर्व मनाउन हजारौँ मानिसहरु भेला भए । त्यो पर्व यस अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुष यौनांगमय भयो ।

यो लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थिए ।

युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए ।

जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ ।

एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ ।

यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ ।

यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?