+
+
Shares

सगरमाथामा नेपालको ‘बिजनेश’ सुकाउने चिनियाँ योजना

रेल चढेर उत्तरी मोहोडाको आधार शिविर पुग्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २८ गते १४:४९

mount-everest-wallpaper

२८ कात्तिक, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपालतर्फको दक्षिण मोहोडा परिचित छ । तिब्बततर्फको उत्तरी मोहोडाबाट पनि सगरमाथा चढ्न सकिने भए पनि त्यो धेरैको रोजाइमा पर्दैन ।

अब चीनले उत्तरी मोहोडालाई विकास गर्ने महत्वकांक्षी योजना अघि सारेको छ, जुन नेपालका लागि सुखद खबर नहुन सक्छ ।

चिनियाँ योजना अनुसार काम हुने हो भने युरोपको एल्प्स पर्वत श्रृंखलाजस्तै सगरमाथाको आधार शिविरसम्म रेल चढेर जाने र रेन्जरहरुले बनाइदिएको रुटबाट सहजै शिखरमा पुग्ने दिन अब टाढा नहुन सक्छ ।

यसले नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चढ्न चाहनेहरुको संख्या हृवात्तै घट्न सक्छ ।

यो वर्षको सुरुमा नै चीनले १४ हजार फिट उचाइमा रहेको आधार शिविरसम्म पुग्न सक्ने पक्की रोड बनाएको छ । र, उत्तरी भागको आधार शिविरमा पार्किङ लट  र अन्तर्राष्ट्रिय पर्वतारोहण स्थल बनाउने योजना छ, जहाँ होटल, रेष्टुँरा, प्रशिक्षण केन्द्र र खोज तथा उद्धार सेवाहरु हुनेछन् । त्यहाँ संग्रहालय पनि बनाउने चीन सरकारको तयारी छ ।

चीनले राजनीतिक रुपमा ठूलो महत्व राख्ने तिब्बतमा पर्यटनको माध्यमबाट आर्थिक सम्बृद्धि भित्र्याउन चाहन्छ

ट्रेकिङका पारखीहरुलाई यस्ता सेवा सुविधाले आकर्षित गर्न सक्दैनन् । र, उनीहरु नेपालतर्फको चुनौतीपूर्ण र साहसीक यात्रा नै रुचाउँछन् ।

तर, चीनले राजनीतिक रुपमा ठूलो महत्व राख्ने तिब्बतमा पर्यटनको माध्यमबाट आर्थिक सम्बृद्धि भित्र्याउन चाहन्छ । साथै चीन सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिकअघि हिउँमा खेलिने खेलहरुलाई लोकप्रिय बनाउन चाहन्छ । यसै योजना अनुसार उसले आफ्नो देशभर ८०० वटा स्की खेल खेल्ने रिसोर्टहरु बनाउन लागेको ब्लूमबर्गले जनाएको छ ।

सगरमाथा आसपासका क्षेत्रको विकास गर्ने क्रममा चीनले सागरमाथालाई अझै बढी सुरक्षित, सफा र चढ्न सजिलो बनाउन चाहेको बताएको छ । र, सांसरभरका पैसा भएका तर नेपालमा आई जोखिम मोलेर सगरमाथा चढ्न नसक्नेहरुका लागि गन्तव्यस्थल बनाउन चाहन्छ ।

चीनले नेपालमा पर्वतारोहण क्षेत्रले ल्याएको आर्थिक फाइदालाई पनि हेरिरहेको छ । सन्  २०१४ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको हिस्सा ८.९ प्रतिशत थियो, जसमा पनि ट्रेकिङ र पर्वतारोहणको मुख्य योगदान छ ।

नेपाल सरकारले सगरमाथा आरोहीहरुसँग प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी लिने गरेको छ र यसबाट हरेक वर्ष ३० लाख अमेरिकी डलर उठाउँछ । तर, पर्वतारोहण क्षेत्रको राम्रो व्यवस्थापन हुन नसकेको, फोहोर बढेको र सरकारी सम्पर्क अधिकृतहरुसँग काम गर्न गाह्रो भएको गुनासो पर्वतारोहीले गर्दै आएका छन् ।

यसबाहेक दक्षिणी मोहोडाका आधार शिविर खुम्बु आइफलको मुनि पर्छ । जसले सुरक्षाका दृष्टिकोणले पनि जोखिमपूर्ण मानिन्छ ।

सगरमाथाको दक्षिण भागमा भइरहने दुर्घटना तथा मृत्युका खबरहरुले पनि सुरक्षा चिन्ता तथा चासो निम्त्याएको छ ।

mount-everest-north-face
सगरमाथाको उत्तरी मोहोडाबाट आरोहण गर्ने रुट । यो रुट तुलनात्मकरुपमा आरोहणकालागि सजिलो मानिन्छ ।

सन् २०१४ मा आधार शिविरमा आएको हावाहुरी र २०१५ को भूकम्प जस्ता प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिले पनि पर्वतारोहीहरुलाई थप सचेत गराएको छ ।

चीनले सागरमाथाको उत्तरी मोहोडालाई प्रोत्साहन गर्न खोजिरहेको अर्को संकेत के हो उसले चिनियाँहरु नै लगाएर सगरमाथा चढ्ने रुटमा डोरी र भर्‍याङहरु भरपर्दो रुपमा प्रयोग गर्दै आएको छ ।

नेपालमा यो काम शेर्पाहरुले गर्दै आएका छन् । तर, यसको गुणस्तर भने तलमाथि भइरहने अनुभवी पर्वतारोही बताउँछन् । तर, चीनले भने अनुभव नपुगेका पर्वतारोहीहरुलाई अनुमति नदिने नीति कडाइका साथ लागू गरेको छ र फोहोर व्यवस्थापन पति चुस्त छ ।

चीनले हिमालयलाई युरोपको एल्प्स पर्वत श्रृङ्खला जस्तै गरी खुला गर्दैछ ।

अहिले युरोपको म्याटरहोण्ड हिमालको शिविरसम्मै ट्रेन चढेर जान सकिन्छ र त्यहाँका रेन्जरहरुले सुरक्षित साथ बनाएको रुटहरु पछ्याउँदै शिखरसम्म पुग्न सकिन्छ ।

धेरैले यसलाई मानव निर्मित अनुभव, जसको तुलना प्रकृतिसँग गर्न सकिँदैन भन्छन् । तर, यसले सगरमाथाको शिखरसम्म धेरैको पहुँच पुग्नेछ । र, चीन हिमालयको नयाँ गन्तव्य बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?