+
+

नारायणी नदीमा हामफालेका भनिएका युवक अस्पताल नजिकबाट पक्राउ

रासस रासस
२०७३ कात्तिक २९ गते ११:१०

narayani-river-bridge

२९ कात्तिक,चितवन । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आइतबार साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताए ।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर शनिबार राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए । प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ ।

पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो ।  आइतबार बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?