Comments Add Comment

सरकार र डा. केसीका प्रतिनिधिको वार्ता निष्कर्षविहीन

Dr Govinda KC (5)

१२ मंसिर, काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा सहमति नभएकाले डा. केसीको अनसन जारी रहने उनका प्रतिनिधिहरुले बताएका छन् ।

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले वार्तामा पुनः बस्ने सहमति भएको बताए ।

स्रोतका अनुसार डा. केसीका प्रतिनिधिहरुले त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएमका डीन केपी सिंहलाई बर्खास्त गर्नुपर्ने अडान राखेका थिए । सरकारी वार्ता टोलीका सदस्यहरुले यी विषयमा प्रधानमन्त्रीसँग सल्लाह नगरी सहमतिमा पुग्न नसकिने बताएका थिए ।

‘यी अलि गम्भीर विषय हुन् । यसमा थप छलफल आवश्यक छ,’ सचिव श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment