Comments Add Comment

‘प्रेमगीत २’ मात्र रोज्दा, प्रदिपलाई घाटा कि नाफा ?

santosh pradip and ramsaran
चलचित्र ‘प्रेमगीत’मा काम गरेपछि कलाकार प्रदिप खड्काले सफलता पाए । यो चलचित्रले उनको फ्यान मात्र बढेनन्, उनलाई लिएर चलचित्र बनाउन खोज्नेहरु पनि धेरै देखिए । ठूला ब्यानरबाट पनि उनलाई चलचित्रको अफर आयो ।

लामो संघर्ष पश्चात प्रदिपले सफलताको केहि खुड्किलो पार गरेका थिए । यसैले, पनि उनका लागि चलचित्र क्षेत्रमा सबैसँग राम्रो सम्बन्ध बढाएर चलचित्रमा काम गर्नु आवश्यक थियो । तर, प्रदिप अहिले चलचित्र ‘प्रेमगीत २’मा काम गर्ने तयारीमा छन् । यसका लागि उनले कपाल पालेका छन्, शरीर बनाएका छन् । प्रदिप र निर्माता सन्तोष सेन चलचित्रको लोकेशन हन्टिङका लागि भन्दै थाइल्याण्ड, बर्मा र नेपालमा विभिन्न स्थानमा पुगिरहेका छन् ।

‘प्रेमगीत’ रिलिज भएको १० महिना भैसक्यो । यो विचमा, प्रदिप मिडिया र चलचित्रकर्मीबाट केहि टाढा देखिएका छन् । प्रदिपले यो विचमा चलचित्र ‘ए मेूरो हजुर २, दर्पणछाया २’ जस्ता चलचित्र छाडेका छन् ।

यी दुई चलचित्रमा काम गरेको भए, उनी अहिले प्रचारमा दौडिरहेका हुन्थे । तर, उनले ‘प्रेमगीत २’का लागि केहि राम्रा ब्यानर नै त्यागिदिए । चलचित्र क्षेत्रमा अहिले प्रदिपले सफल ब्यानरका केहि चलचित्रमा काम गर्नु पथ्र्यो भन्ने टिप्पणी पनि गरिन्छ । ‘प्रेमगीत २’को छायांकन कहिलेबाट सुरु हुन्छ, अझै पक्का छैन । निर्माता सन्तोष सेनले नायक-नायिका नै फाइनल गरेको लामो समय भैसकेको छ ।

‘प्रेमगीत २’, दर्शक र निर्माणपक्षका लागि मात्र नभई अब प्रदिप र नयाँ नायिका अश्लेषा ठकुरीकै लागि प्रतिक्षामा छ । तर, यो चलचित्र जति ढिलो रिलिज हुन्छ, उती नायक खड्कालाई अप्ठ्यारो त हुने होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment