Comments Add Comment

मोहाली टेष्टमा भारतको पकड, जडेजा र अश्विन चम्किए

india

३ मंसिर, काठमाडौं । मोहालीमा भइरहेको तेस्रो टेष्टमा भारत मजबुत स्थितिमा पुगेको छ । तेस्रो दिनको खेल सकिँदासम्म इंग्ल्याण्डले ४ विकेट गुमाएर ७८ रन बनाएको छ ।

र, भारतको पहिलो पारीको स्कोरभन्दा अझै ५६ रनले पछाडि छ ।

तेस्रो दिन भारतका रविन्द्र जडेजा र आर अश्विन चम्किए । ६ विकेटको क्षतिमा बनाएको २७१ रनबाट तेस्रो दिनको खेल थालेको भारतले बाँकी विकेट गुमाएर ४१७ रन बनायो । जडेजाले ९० रन बनाए, जुन उनको टेष्ट क्रिकेटमा सर्वाधिक रन हो ।

अश्विन ७२ रनमा आउट भए । र, भारतले पहिलो पारीमा १३४ रनको अग्रता लियो ।

तेस्रो दिन नै दोस्रो पारी थालेको इंग्ल्याण्डले राम्रो सुरुवात गर्न सकेन । कप्तान एलेस्टर कुक १२ रनमै अश्विनको बलमा आउट भए । मोइन अलीले मात्र ५ रन बनाए । बैरेष्टो १५ र स्टोक्स ५ रनमा आउट भए । जोए रुट ३६ रनमा अविजित छन् ।

दोस्रो पारीमा भारतका लागि अश्विनले ३ र जयन्त यादवलेएक विकेट लिए । पहिलो पारीमा इंग्ल्याण्डले २८३ रन बनाएको थियो ।

पाँच टेष्टको सिरिजमा भारत १-० ले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment