Comments Add Comment

ओलाङ्चुङगोलादेखि चीनको सीमासम्म सडक निर्माण हुने

olangchungola-sadak

१५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुङगोलादेखि चिनको सिमा टिपताला पाससम्म सडक निर्माण हुने भएको छ ।

चीन सरकारले आफ्नो भूमी हुँदै ताप्लेजुङको ओलाङ्चुुङगोलासम्म डोजर ल्याउने अनुमति दिएसँगै सो सडक निर्माणले गति लिने भएको हो ।

नेपाली बाटो हुँदै त्यहाँ निर्माण उपकरण लैजान असम्भव भएकाले नेपाल सरकारको आग्रहमा तिब्बतस्थित रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा सडक खन्न चीन सरकारले अनुमति दिएको हो ।

यसअघि टिपताला पाससम्मको भागमा सडकको ट्याक खोल्ने तयारी गरेपनि चीनको अनुमति नहुँदा ओलाङ्चुङगोलाका स्थानियबासीले नेपाल तर्फको भागबाट घरायसी औजारको प्रयोगमा बाटो खन्दै आएका थिए ।

नेपाल सरकारको आग्रहमा चीनले गत मंसिर २ गते आफ्नो भूमी हुँदै डोजर ल्याउन अनुमति प्रदान गरेको सांसद डम्बरध्वज तुम्बाहाम्फेले जानकारी दिए ।

ओलाङ्चुुङ्गोलाबाट करिब २२ किलोमिटर दुरीमा रहेको सीमानासम्म चीनको सडक आएपनि नेपाल तर्फको भागमा भने सडक निर्माण हुन सकेको थिएन । यो अनुमतिसँगै उत्तर-दक्षिण लोकमार्ग निर्माण कार्यले पनि गति लिने सम्भावना बढेको छ ।

यो सडक निर्माण भए ताप्लेजुङको उत्तरी क्षेत्रका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री आयत गर्न सहज हुने भएको छ । अहिले यहाँका स्थानीयवासी पैदल यात्रा गरी चीनको तिब्बतस्थित रिउ बजारबाट उपभोग्य सामागि्र खरिद गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment