Comments Add Comment

अपहरित कुर्मीको उद्धार

१५ मंसिर, वीरगञ्ज । अपहरणमा परेका रामऔतार कुर्मीलाई प्रहरीले उद्धार गरेका छन् । चार दिन आगाडि पर्साको जिगना हरपुर गाविसबाट अपहरणमा परेका परेका ६५ वर्षीय कुर्मीलाई प्रहरीले विहान करिब ५ बजे पर्साको मधुवन मथवल गाविसको औराहा टोलबाट उद्धार गरेको हो ।

गएराति १ बजे अपहरणकारीको चुङ्गलबाट उम्केर औराहाटोलमा लुकेका कुर्मी प्रहरी सर्म्पकमा आएपछि उनलाई सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरिक्षक गोविन्दप्रसाद साहले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अपहरणकारीले बिरुवागुठी वन क्षेत्रमा बन्धक बनाइ राखेको बेला कुर्मी गएराति १ बजे उम्किन सफल भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment