Comments Add Comment

सावधान ! फेसबुकमा यसो गर्नु डिप्रेसनलाई निम्त्याउनु हो

depressionके तपाइँले लगातार फेसबुकमा अरु मानिसहरुका ह्याप्पी ह्याप्पी तस्वीरहरु हेर्दै ती हँसमुख तस्वीरवालाको जिवनलाई आफ्नो जिवनसँग तुलना गर्ने गर्नुहुन्छ ? यदि यसो गर्नुहुन्छ भने सावधान । तपाइँको यो बानीले तपाइँलाई बर्बादीतर्फ लैजानेछ ।

बेलायतको लेचेस्टर विश्वविद्यालयमा जारी एक अनुसन्धानले हालै एउटा नयाँ तथ्य बाहिर ल्याएको छ । जस अनुसार फेसबुकमा अरु मानिसहरुको बिहेवारी, साथीसँगी, बच्चाबच्ची तथा घुमघामका विन्दास तथा खुसीपूर्ण तस्वीरहरु हेरीहेरी आफ्नो दिक्कलाग्दो जिवनलाई धिक्कार्नेहरु गहिरो तनावमा फस्दछन् र यो तनावले अन्ततः डिप्रेसनको रुप लिन्छ ।

सोसल नेटवर्किंग तथा डिप्रेसनका बीच सम्बन्धमा आधारित रहेर डेभिड बेकर तथा डाक्टर गियमो पेरेज एल्गोर्टाले गरेको अनुसन्धान अनुसार आफ्नो आसपासको वास्तविक समाजसँग आफुलाई तुलना गर्नुभन्दा भर्चुअल दुनिया वा अनलाइनको दुनियासँग आफुलाई तुलना गर्ने मानिसहरुमा डिप्रेसनको खतरा निकै बढि हुन्छ ।

ऋनुसन्धानकर्ताहरुले १४ देशका ३५ हजार सहभागीहरुमा यो अध्ययन गरेका हुन् । उनीहरुको उमेर १५ देखि ८८ वर्ष थियो । विश्वमा १ अर्ब ८० करोड मानिस सोसल मिडिया प्रयोग गर्छन् । त्यसमा लगभग सबैजसोले फेसबुक समेत प्रयोग गर्दछन् ।

अनलाइन सोसल नेटवर्किंग र डिप्रेसनको बीचमा रहेको यो सम्बन्ध उमेर तथा लैंगिक जस्ता तत्वहरुमा पनि आधारित हुने बताइएको छ । अनलाइनमा तुलना गर्दा गर्दा हामी ओभरथिंकिंग अर्थात् बढी सोँच्ने समस्याको सिकार हुन्छौँ जुन डिप्रेसनको मुख्य कारण हो ।

जो मानिसहरु अनलाइनमा अरुलाई देखेर इष्र्या गर्दछन्, जो मानिसहरु आफ्नो भुतपूर्व मायालुलाई फेसबुकमा प|mेण्ड बनाउँछन्, जो नकारात्मक सामाजिक तुलना गर्दछन् र अक्सर नकारात्मक स्टाटस फेसबुकमा राख्दछन् त्यस्ता मानिसहरुमा डिप्रेसनको खतरा धेरै हुने शोधकर्ताहरुको ठहर छ ।

डिप्रेसनको खतरा महिला तथा इमोसनल डिसअर्डर जस्ता न्युरोटिक व्यक्तित्व भएका मानिसहरुमा धेरै हुन्छ ।

शोधकर्ताहरुले सोसल साइटको फाइदाको पाटो पनि देखाइदिएका छन् । उनीहरुका अनुसार अनलाइन एक्टिभिटीको सदुपयोग गर्दा डिप्रेसनसँग लड्नमा मद्धत पुग्छ । यदि तपाइँ सोसल प्लेटर्फमको प्रयो मानसिक स्वास्थ्यको श्रोतको रुपमा गर्नुभयो भने वा सामाजिक टेवा बढाउने उद्धेश्यका लागि गर्नुभयो भने त्यसले तपाइँको डिप्रेसन भगाउनमा ठूलो भूमिका खेल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment