Comments Add Comment

इजिप्टका युवतीहरु किन आकर्षक हुन्छन् ?

सौन्दर्य के हो ? सुन्दर कसलाई भन्ने ? यसको सर्वमान्य जवाफ छैन । भूगोल, समुदाय अनुसार सौन्दर्यको मानक भिन्न भिन्नै हुनसक्छ । यद्यपी सौन्दर्यका बारेमा वहस भने चलिरहन्छ ।

भन्नलाई त सौन्दर्य भनेको हेर्ने आँखामा निर्भर रहन्छ भनिन्छ । यद्यपी कतिपय यस्ता चिज हुन्छन्, जो सबैको आँखामा पि्रय लाग्छ । सुन्दर लाग्छ । यस हिसाबले को, कति सुन्दर भन्ने कुराको सोधीखोजी भइरहन्छ ।

सौन्दर्यको यस्तो लेखाजोखामा मिश्र अर्थात इजिप्टका युवतीहरु उदाहरण हुन् । उनीहरुको सौन्दर्यलाई लिएर धेरै चर्चा हुने गर्छ । जसरी जापानीको आयु र तन्दुरुस्त जीवनशैलीमाथि चर्चा हुन्छ, उसैगरी इजिप्टका युवतीहरुको सौन्दर्यलाई लिएर चर्चा हुन्छ ।

उनीहरुको प्राकृतिक चमक, अनुहारको बान्की सबै लोभ्याउने खालको हुन्छ । इजिप्टका युवतीहरुको मेकअप, परफ्युम, शृंगार पनि चर्चाको  विषय हुन् । इजिप्टका युवतीहरु परम्पराग पहिरनमा ठाँटिएका हुन्छन् । उनीहरुको पहिरन पुरानो शैलीको भएपनि आजको फेसन बजारमा त्यसको चर्चा हुनेगर्छ ।

आखिर उनीहरु कसरी सुन्दर देखिएका हुन् ? उनीहरुले अनुहारमा कसरी प्राकृतिक चमक पाएका हुन् ? यस्तो छ उनीहरुको ब्युटी सेक्रेट ।

नरिवल तेलको प्रयोग

मिश्रका युवतीहरुको कपाल लामो र मुलायम हुन्छ । उनीहरुको कपालको सौन्दर्यमा नरिवल तेलको खास भूमिका छ । मिश्रका युवतीहरु कपालमा नरिवल तेल प्रयोग गर्छन् । नरिवल तेलले कपाललाई सम्पूर्ण पोषण दिन्छ, त्यही कारण कपाल लामो हुने मात्र होइन मुलायम पनि हुन्छ ।

दुध र महले स्नान

सुन्दा अलि अपत्यारिलो लाग्छ, तर मिस्रका युवतीहरु नुहाउनका लागि पानी मात्र प्रयोग गर्दैनन् । दुध र मह पनि प्रयोग गर्छन् । दुध र महको मिश्रणलाई पानीमा मिसाएर नुहाउने भएकाले उनीहरुको छाला चम्किलो, स्वास्थ्य र नरम हुनेगर्छ ।

महमा एक्सफोलेटिङ र हाइड्रेटिङ गुण पाइन्छ, जसले छालामा चमक ल्याउँछ । साथै यसले छालालाई कसिलो बनाउँछ । चाहुरिपन हटाउँछ ।

केस्टर, शीशम र मोरिङ्गा तेल

त्यसो मिश्रका युवतीहरु सौन्दर्यप्रति निकै सचेत हुन्छन् । उनीहरु आफुलाई सुन्दर वा जवान देखाउनका लागि प्राकृतिक सौन्दर्य सामाग्रीको प्रयोग गर्छन् । बजारमा पाइने वा कृतिम सामाग्री नभई प्रकृतिक रुपमा प्राप्त हुने कुरालाई उनीहरुले सौन्दर्य बढाउनका लागि प्रयोग गर्छन् ।

कफी स्क्रबको प्रयोग

स्किनको डेड स्किन निकाल्नका लागि उनीहरु कफीले बनेको स्क्रबको प्रयोग गर्छन् । खासगरी घरमा बनाइएको कफी स्क्रब प्रयोग गर्छन् । कफी स्क्रब बनाउनका लागि कफी पाउडर, मह र नरिवल तेलको मिश्रण गरिन्छ ।

गाजल

तपाईंलाई आश्चर्य लाग्नसक्छ कि, गाजल लगाउने प्रचलन मिश्रबाटै सुरु भएको हो । विंग्ड आई मेकअप मिश्रका महिलाको मनपर्ने मेकअप हो ।

बडी सुगर स्क्रबिंग

मिश्रका महिला आफ्नो शरीरलाई मुलायम बनउानका लागि र अनावश्यक रौं हटाउनका लागि चिनीबाट बडी स्क्रब गर्छन् ।

नुनयुक्त पानीले नुहाउने

शरीरबाट डेड स्किन निकाल्नका लागि मिश्रका युवतीहरु नुनयुक्त पानीले नुहाउँछन् । नुनयुक्त पानीले नुहाउादा छालाको मृत्त कोशिका हट्छ र छाला सम्बन्धी विकारबाट पनि बचिन्छ ।

वर्कआउट

बडीलाई शेपमा राख्नका लागि उनीहरु नियमित व्यायाम गर्छन् । उनीहरु शारीरिक गतिबिधीमा पनि निकै सक्रिय रहने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment