Comments Add Comment

तपाईंको सम्बन्ध खतरामा त छैन ? यसरी पहिचान गरौं पाटनरको प्रवृत्ति

तपाईं प्रेममा पर्नुभएको छ ? कसैसँग डेट गरिरहनुभएको छ ? कसैप्रति आकषिर्त हुनुभएको पो छ कि ? प्रेम एक भावनात्मक अनुभूतिको अवस्था हो । प्रेम गरिदैन, आफै प्रकट हुन्छ ।

जब कोही व्यक्ति कसैको प्रेममा पर्छन्, उनले आफुलाई निश्चिन्त महसुष गर्छन् । उनलाई लाग्न थाल्छ कि, कोही त छन् उनको सुख दुःखमा साथ दिने ।

तर, प्रेम सम्बन्ध सधै मिठासपूर्ण रहँदैन । कहिले काहीँ यसले तीतो अनुभव पनि गराउँछ । हुन त प्रेम सम्बन्धमा सानोतिनो खटपट आउनु सामान्य हो । यद्यपी त्यही खटपट बढ्दै गएमा त्यसले बे्रकअपको अवस्थामा पुर्‍याउँछ । त्यसैले प्रेम सम्बन्धलाई सुमधुर र बलियो बनाउनका लागि एकअर्काको भावनालाई बुझ्नुपर्छ । प्रेमलाई हामी विवाहको पहिलो खुड्किलो मान्छौं । अतः हाम्रो धारणामा प्रेमको गन्तव्य विवाह हो । यसर्थ प्रेम गरिरहँदा नै आफ्नो पार्टनर कस्ता हुन् भन्ने कुरा बुझ्न सकिन्छ । के आफ्ना पार्टनरले आफुलाई जीवनभर साथ दिन सक्छन् ? सहयोग गर्न सक्छन् ?

१. प्रेम सम्बन्धमा थोर बहुत इष्र्या हुन्छ । सानोतिनो इष्र्याले सम्बन्धलाई मसलेदार बनाउँछ । तर, यो त्यस किसिमको नुन जस्तै हो, जो धेरै भएमा स्वाद बिग्रन्छ । यद्यपी तपाईंको पार्टनर अत्याधिक इष्र्यालु छन् भने तपाईंको सम्बन्धका लागि यो राम्रो संकेत होइन ।

२. तपाईंको पार्टनर तपाईंको प्राजेक्ट र लक्ष्यको बारेमा के सोच्छन् ? के ऊ नै तपाईंको जीवनको सबै निर्णय लिन्छन् ? तपाईंले के गर्ने/के गर्ने भन्ने कुरा पार्टनरले नै तय गर्छन् ? यस किसिमको सम्बन्धले तपाईंलाई रोबोट बनाउँछ । यसबाट जति सक्दो अलग हुनु नै राम्रो ।

३. यस्ता पार्टनर सबैभन्दा खतरनाक हुन्छ, जसलाई पटक पटक अनुभूत गराउनुपर्ने आवश्यक्ता हुन्छ कि तपाईं उनलाई प्रेम गर्नुहुन्छ । तपाईं चाहे जे सुकै गर्नुहोस्, तर असुरक्षाको भावना राख्ने व्यक्तिलाई विश्वास दिलाउन निकै कठिन हुन्छ ।

४. यस्ता पार्टनरसँग जीवन विताउनु पनि निकै गाह्रो हुन्छ जो हरेक काममा पूर्णताको अपेक्षा गर्छन् । कुनैपनि कुरामा पूर्णता खोज्नु आफैमा नराम्रो होइन । तर, यसले तपाईंको कामप्रति पार्टनरले गुनासो गर्ने ठाउँ सधै रहन्छ । यसले प्रेमको सम्बन्ध पनि बोझिलो बन्छ ।

५. यदि तपाईंको पार्टनर भौतिख सुखलाई लिएर बढी नै सक्रिय हुन्छन् भने तपाईंले उक्त पार्टनरसँग सुखमय जीवन विताउन सक्नुहुन्न । अति कुनैपनि कुरामा राम्रो हुँदैन । पैसालाई महत्व दिने पार्टनरले सम्बन्धमा खास ध्यान दिदैन ।

६. यदि कुनै काम बिग्रन्छ वा केही गल्ती हुन्छ, तब तपाईंका पार्टनर सबै दोष तपाईंमाथि थोपर्छन् । यस्ता व्यक्ति गैर जिम्मेवार र कमजोर हुन्छन्, जो आफ्नो गल्ती स्विकार्न डराउँछन् । आरोप लगाउनु उनीहरुको सबैभन्दा सजिलो काम हो । यसरी अर्कामाथि दोष थोपरेर उनीहरु आफुलाई सुरक्षित महसुष गर्छन् ।

७. यदि तपाईंको पार्टनर झुट बोल्छन् भने जति सक्दो पार्टनरसँग दुरी बढाएकै राम्रो । झुट चाहे सानो होस् वा ठूलो, त्यसले सम्बन्ध कमजोर बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment