Comments Add Comment

सरकार र डा. केसीबीच १२ बुँदे सहमति, २२ दिन लामो अनसन तोडियो

marsang-tamang-govinda-kc

१९ मंसिर, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।

अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र सञ्चार माध्यामको दबावमा मात्रै सरकारले आफूले उठाएका माग सम्बोधन गर्न तयार भएको बताए । यसका लागि उनले नागरिक समाज र मिडियालाई धन्यबाद दिए ।

डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनका लागि अझै दवावको आवश्यकता रहेको बताए । उनले नेता र सरकार आफनो माग पूरा गर्न संवेदनशील नबनेकोमा दुखेसो गरेका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।

govind-kc-10th-ansan

डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।

सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।

त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।

 

यो पनि पढ्नुहोस् 

डा. केसीको अनसन तोडाउने बालिका को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment