Comments Add Comment

आइओएम डीन अग्रवालको प्राध्यापकहरुले गरे विरोध, शिक्षण कार्यक्रममा सहभागी नहुने घोषणा

डीन कार्यालयमा लगाइएको ताल्चा नखोल्ने निर्णय

dr-jagadish-agrawal
डा. जगदिश प्रसाद अग्रवाल

१९ मंसिर, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेलगत्तै पदभार ग्रहण गरेका आइओएमका डीन डा. जगदिश प्रसाद अग्रवालको विरोध सुरु भएको छ । आइओएमका प्राध्यापकहरुले अग्रवालको विरोध गर्दै शैक्षिक कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

आइओएमका प्राध्यापक, फ्याकल्टी, नर्सिङ तथा कर्मचारी गरी एक सय भन्दा बढीको उपस्थितिमा आइतबार दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बसेको बैठकले आइओएम अन्तर्गतका क्याम्पसहरु शिक्षण कार्यमा सहभागी नहुने निर्णय गरेको छ । त्यसैगरी, डीन कार्यालयमा लागेको ताल्चा पनि नखोल्ने बैठकले निर्णय गरेको छ ।

dean-office
आइओएम डीनको कार्यालयमा लगाइएको ताला

डा. केसीको माग अनुसार सरकारले यसअघिका डीन डा. केपी सिंहलाई राजीनामा दिन लगाएर डा. अग्रवाललाई डीन नियुक्त गरेको थियो । त्यसलगत्तै केसीले आफ्ना माग सम्बोधन गर्ने प्रक्रिया सुरु भएको भन्दै आमरण अनसन तोडेका थिए ।

रेसिडेण्ट डाक्टर्सद्वारा विरोधका कार्यक्रम फिर्ता

यसैबीच डा. केसीले अनसन तोडेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

नेशनल रेसिडेण्ट डाक्टर्स एशोसियसनका अध्यक्ष डा. लिलन महर्जन र डा. सचित शर्माले संयुक्त प्रेस विज्ञप्ती निकालेर विरोध तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।

एशोसियसनले डा. केसीको जटिल परिस्थितिमा साथ दिने सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment