Comments Add Comment

पाँच प्रदेश बनाउन माग गर्दै राजधानीमा प्रदर्शन

२० मंसिर, काठमाडौं । सात प्रदेशको सीमांकन विवाद चर्किरहेका बेला जन प्रजातान्त्रिक पार्टी नेपालले पाँच प्रदेश बनाउन माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको सुन्धाराबाट सुरु भएको दबाव र्‍याली नगरपरिक्रमासहित शान्तिवाटिका रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

jana-prajatantrik-party-nepप्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन व्यवस्था, शुद्धलीय पार्टी प्रणाली, पाँच संघीय राज्य र अधिकतम सहमतिमा यथाशिघ्र स्थानीय निकायको निर्वाचनको माग गर्दै जनप्रदर्शन गरिएको सो पार्टीका उपाध्यक्ष नेजारुल अन्सारीले जानकारी दिए ।

र्‍यालीमा पार्टीका महासचिव गोविन्द शर्मा पौडेल लगायत सबै केन्द्रीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी थिए ।

कोण सभामा बोल्दै उपाध्यक्ष अन्सारीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणाली लागू गर्न जोड दिए भने प्रवक्ता राजीवलोचन रिमालले स्थानीय चुनावको मिति छिटो घोषणा गर्न माग गरे । उपाध्यक्ष मीना वीक र चेवन तुम्वांगले पनि पार्टीको नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

हालको शासन प्रणालीले ऐतिहासिक परिवर्तनको उपलव्धीलाई संस्थागत गर्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन पद्दतिका पक्षमा सबै दलहरु सहमत हुुनुुपर्ने र संविधान संशोधन मार्फत सो व्यवस्था शिघ्र लागू गर्नुपर्नेमा जनप्रजातान्त्रिक पार्टी नेपालले जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment