+
+
Shares

नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत

रासस रासस
२०७५ चैत १५ गते १७:५०

१५ चैत, चितवन । नेेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताएका छन् ।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् । नेता डा. महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उनले बताए ।

नेता डा. महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाए ।

लगानी सम्मेलन महत्वपूर्ण भए पनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उनले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?